मिटरब्याज पीडितहरूले आर्थिक शोषणविरूद्ध जनजागरण अभियानको सुरूआत गर्ने घोषणा गरेका छन्।
माघ १४ गते सोमबारदेखि यस अभियानको सुरूआत हुने मिटरब्याजविरूद्ध किसान मजदुर आन्दोलन नेपालले शुक्रबार जनकपुरधाममा एक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो।
मिटरब्याजविरूद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाले उक्त अभियानको सुरूआत जनकपुरधामबाट गर्न लागेको जानकारी दिए।
मिटरब्याजको विरूद्ध आन्दोलनको विस्तार गर्दै अगाडि बढाइने बताए।
सरकारसँग तीन चरणको वार्ता भए पनि सम्झौताका विषयहरू कार्यान्वयन नगरी चौथो चरणको आन्दोलनको तयारी भइरहेको बताए। —न्युज एजेन्सी नेपाल