अछाममा दुई जना किशोरीको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार ढकारी गाउँपालिका–१ छिन्नेओढारको जंगलमा सोही गाउँपालिका ८ नम्बर वडाका दुई किशोरीको शव फेला परेको हो।
मृत फेला पर्नेमा १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया ईश्वरी खड्का छन्।
उनीहरू शुक्रबार घरबाट गाईबाख्रा चराउन निस्केका थिए।
शुक्रबार दिनभरि सम्पर्कविहीन भएका उनीहरूको शव शनिबार साँझ ७ बजे फेला परेको प्रहरीले जनाएको छ।
अहिले घटनास्थलको सुरक्षाका लागि प्रहरी टोली खटिएको छ। डिएसपी ईश्वरीप्रसाद भण्डारीको नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।