काठमाडौंको बबरमहलमा मेलम्चीको पाइप फुटेपछि अदालतका सुनुवाइ नै प्रभावित बनेको छ।
मुख्य सडकमा पानी पसेपछि जिल्ला अदालत काठमाडौं र विशेष अदालतमा पानी पसेको हो।
पानी पसेपछि सुनुवाइ नै स्थगित भएको विशेष अदालतका उपरजिष्ट्रार गेहेन्द्रराज रेग्मीले जानकारी दिए।
उनका अनुसार पानी पसेपछि बाहिर निस्किन सक्ने अवस्था छैन।
‘साढे दुई बजेपछि अदालत परिसरमा पानी पस्यो। केहीबेरमा अदालतभित्रै पनि पानी पस्यो,’ रेग्मीले भने, ‘फाँटमा पनि पानी पसेपछि सुनुवाइहरू स्थगित गर्नुपर्यो।’
अदालतमा न्यायाधीशहरू पनि त्यहीँ फसेका छन्। अहिले सुरक्षाकर्मीहरू त्यहाँ पुगेका छन्।