नेपाल-चीन सिमा क्षेत्रमा भूकम्प गएको छ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार चीनको तिब्बतस्थित डिङ्गे काउन्टी केन्द्रबिन्दु भएर बुधबार बिहान ४:५ बजे ५ म्याग्नेच्युडको भूकम्प गएको हो।
सिमा क्षेत्रमा भूकम्प जाँदा नेपाली भूभागमा पनि धक्का महसुस भएको थियो।
क्षतिबारे विवरणहरू सार्वजनिक भएको छैन।
यसअघि पुस २३ गते सोही ठाउँमा केन्द्रबिन्दु बनाएर ७.१ म्याग्नेच्युडको भूकम्प गएको थियो।