रोल्पाको एक खोलामा महिलाको शब फेला परेको छ ।
जिल्लाको माडी गाउँपालिका – ६ चाप्लुङ कोला घैराकी ४३ बर्षीया सुस्मिता घर्ती मगर खोलामा मृत अवस्थामा फेला परेकी हुन्।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार उनी चैत २९ गतेदेखि हराइरहेकी थिइन्।
मगर माडी गाउँपालिका – ५ स्थित वली खोलाको बीचमा पानीमा घोप्टो परेको अवस्थामा मंगरबार दिउँसो मृत फेला परेको शाहीले बताए।
प्रारम्भिक अनुसन्धानबाट मगरले मदिरा सेवन गरेको र हिड्ने क्रममा सन्तुलन बिग्रन गई भिरबाट लडेर मृत्यु भएको हुनसक्ने अनुमान भइरहेको प्रहरीले बताएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ।