रोल्पाका चार युवा दाङमा ब्राउन सुगरसहित पक्राउ परेका छन्।
रोल्पा नगरपालिका–८ का २६ वर्षीय रविन घर्ती मगर, २५ वर्षीय विकास केसी, २५ वर्षीय रिमन पुन मगर र रोल्पा नगरपालिका–२ का २७ वर्षीय समिप रोका मगर मंगलबार दिउँसो पक्राउ परेका हुन्।
दाङको घोराही उपमहानगरपालिका–१९ स्थित दुई खोली प्रहरी चौकीबाट खटिएको प्रहरीले टोलीले सवारी चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरी चौकी दुई खोलीबाट खटिएको टोलीले रा.४.प ४३५३ नम्बरको मोटरसाइकल र लु. प्र ०२–००१ प १३७६ नम्बरको स्कुटरमा सवार उनीहरुलाई चेकजाँच गर्ने क्रममा ब्राउन सुगरसहित टर्माडोल ट्याबलेट बरामद भएको थियो।
जिल्लाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सोम घर्ती मगरका अनुसार उनीहरू घोराहीबाट रोल्पातर्फ जाँदै गर्दा पक्राउ परेका थिए।
उनीहरूको साथबाट ४ ग्राम ६२० मिलिग्राम ब्राउनसुगर र ७४ पत्तामा ७२० टर्माडोल ट्याबलेट बरामद भएको प्रहरी निरीक्षक घर्तीले बताए।
प्रहरीले पक्राउ परेका युवाहरूलाई बुधबार सार्वजनिक गरेको हो।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको घर्तीले बताए।