बर्दियामा ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्।
बढैयाताल गाउँपालिका–१ शान्तिपुरका २२ वर्षीय पूर्णबहादुर सिंह ठकुरी पक्राउ परेका हुन्।
भारतको बलैईगाउँबाट साइकलमा नेपालतर्फ आउँदै गरेका ठकुरीलाई शंका लागेर चेकजाँच गर्ने क्रममा बढैयाताल गाउँपालिका–१ को सानो डाँफेस्थित ४५ नम्बर पिलर नजिकबाट गस्तीको प्रहरीले पक्राउ गरेको थियो।
जिल्लाका प्रहरी निरीक्षक भूपेन्द्र शाहीले पक्राउ परेका ठकुरीको साथबाट ९८० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद भएको बताए।
त्यस्तै, पाँच पत्तामा रहेको ३३ वटा नसा दिने क्याप्सुल पनि बरामद भएको शाहीले जानकारी दिएका छन्।