रूकुम पश्चिम प्रहरीले लागुऔषध उत्पादनमा प्रयोग हुने अफिम खेती नष्ट अभियान चलाएको छ।
चैत महिनाभर जिल्लाका विभिन्न ठाउँमा पुगेर प्रहरीले अफिमका बोटहरू नष्ट गरेको छ।
जिल्ला प्रहरी प्रमुख डिएसपी प्रमेश विष्टका अनुसार एक सय ६० रोपनी जग्गामा रोपिएका अफिमका बोट प्रहरी परिचालन गरी खोजेर नष्ट गरिएको हो।
जिल्लाको आठबिसकोट नगरपालिका– १, २,३,१२ र सानी भेरी गाउँपालिका – ६ मा अवैध रूपमा गरिएको अफिम खेती नष्ट गरिएको हो।