शिक्षक आन्दोलनमा अभिभावक हुँ भन्दै प्रदर्शन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सोमबार काठमाडौं महानगरपालिका-२९ बिजुलीबजार पुल नजिकै नेपाल शिक्षक महासंघको विरोध प्रदर्शन भइरहेको कार्यक्रममा अभिभावक भन्दै प्रदर्शन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार उनी गोदावरी नगरपालिका-५ बस्ने ४० वर्षीय सनोज महत हुन्।
उनलाई परिसरमा राखिएको छ।
उनले सञ्चारकर्मीसँग अभिव्यक्ति दिइरहँदा शिक्षकहरूले उनीमाथि हातपात गरेका थिए। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।