धनुषामा विष सेवनबाट तीन जना बालबालिकाको मृत्यु भएको छ।
शहीदनगर नगरपालिका वडा नम्बर ५ यदुकोहामा तीन जनाको विषय सेवनबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी भुवनेश्वर तिवारीले जानकारी दिए।
उनका अनुसार मृतक ६ वर्षीय आदित्य साह, ४ वर्षीय आकृति साह र दुई वर्षीया आरूसी साह छन्।
उनीहरू सोमबार साँझ मृत फेला परेका हुन्। उनका आमा पविता भने अचेत अवस्थामा फेला परेकी थिइन्। उनको उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।