हेटौडा-काठमाडौं जोड्ने कान्ति लोकपथ सञ्चालनमा आएको छ।
आइतबार बिहान वर्षाका कारण बागमती खोलाको डाइभर्सन बगाएपछि अवरूद्ध भएको सडक मर्मतपछि सञ्चालनमा आएको मकवापनपुर प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसी श्यामु अर्यालका अनुसार डाइभर्सन मर्मतपछि दिउँसो १२:४५ बजेबाट यातायात सञ्चालनमा आएको हो।
आइतबार बिहान ६:१५ बजे ललितपुरतर्फको डाइभर्सन बगाएको थियो।
यद्यपि मर्मतको काम भइरहेकाले जेठ १ गतेसम्म प्रत्येक दिन १० बजेदेखि दिउँसो ४ बजेसम्म बन्द रहनेछ।