पूर्वपश्चिम राजमार्गको दाउन्नेस्थित नारायणघाट-बुटवल सडक सञ्चालनमा आएको छ।
गएराति देखि निरन्तर परेको वर्षाका कारण अवरूद्ध बनेको सडक आइतबार दिउँसोदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएकोो छ।
सडकमा जम्मा भएको हिलो तथा गेग्रान हटाएर सडक सञ्चालनमा ल्याएको हो। बाटो बन्द भएपछि सवारीसाधनहरू वैकल्पिक बाटो हुँदै चलिरहेका थिए।
सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ।
रातिदेखि नै बन्द भएको यस सडक वर्षाका कारण आवागमन बन्द भएपछि सवारीसाधनहरू लामो समयसम्म त्यहीँ रोकिएका थिए।