पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लका अनुसार पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ सिद्धबाबामा लु १ क २५१७ नं. को टिप्पर दुर्घटना हुँदा टिप्पर चालक रुपन्देहीको सियारी गाउँपालिका वडा नं. २ का २६ वर्षीय प्रभाकर यादवको मृत्यु भएको हो।
बिहीबार साँझ साढे ६ बजेतिर पाल्पाबाट बुटवलतर्फ खाली आइरहेको उक्त टिपरको टायर अचानक पन्चर भएपछि अनियन्त्रित भइ सडकबाट ६५ मिटर तल तिनाउ खोलामा खसेको थियो।
दुर्घटनापछि गम्भिर घाइते अवस्थामा उद्धार गरिएका चालक यादवलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक मल्लले जानकारी दिए।