बुधबार काठमाडौंबाट पोखरा आउँदै गरेको ग १ ज ८६३० नम्बरको माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा पोखरा– २५ हेमजाका ५१ वर्षीया धाङमाया गुरूङ रहेकी छन् भने बाँकी २ जनाको पहिचान हुन बाँकी रहेको कास्की प्रहरी सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।
माइक्रो बसमा सवार ११ जनामध्ये ३ जना सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् भने ५ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
पोखराको लामेआहालमा सडकबाट तल खसेर उक्त माइक्रो बस दुर्घटना भएको प्रहरीले जनाएको छ।