काठमाडौंको तीनकुने घटनाको मुद्दा दर्ता भएसँगै अदालतमा बयान सुरू भएको छ।
‘संयुक्त जनआन्दोलन समिति’ले तोकेका 'जनकमाण्डर' दुर्गा प्रसाईंसहित ५० जनाको बयान काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा सुरू भएको हो।
५० जनामाथि राजद्रोह, आपराधिक उपद्रव कसुर र संगठित अपराध कसुरमा मुद्दा दायर भएको थियो। तीमध्ये प्रसाईंसहित ८ जनाविरूद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा पनि मुद्दा दायर भएको हो।
उनीहरूको न्यायाधीश कार्कीको इजलासमा बयान भइरहेको हो।
आपराधिक उपद्रव कसुरमा ११ जनाको हकमा न्यायाधीश पदमराज पाण्डेयको इजलासमा बयान भइरहेको हो।
उनीहरूको बयान सकिएपछि पुर्पक्षको लागि थुनामा राख्ने वा नराख्ने भन्ने विषयमा थुनछेक बहस हुनेछ।
बहस सकिएपछि न्यायाधीशले पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश गर्नेछन्।
सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार ६१ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। ५० जनालाई छुट्टै र ११ जनालाई छुट्टै मुद्दा दायर गरेको हो।