मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीको एकजना प्रहरी नायब निरीक्षक (सई)को मृत्यु भएको छ।
पूर्वपश्चिम लोकमार्गमा कमल गाउँपालिका-३ खण्डमा मोटरसाइकल दुर्घटनामा परेर सशस्त्र प्रहरीका सई मोरङ कानेपोखरी गाउँपालिका-४ का ४८ वर्षीय पुरनलाल राजवंशीको मृत्यु भएको हो।
शनिबार साँझ साढे ८ बजे कार्यालयबाट फर्कँदै गर्दा प्र-१-०२-००५२ प ७०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी कालीदास धौवजीले जानकारी दिए।
दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि बी एन्ड सी अस्पताल बिर्तामोड लगिएको थियो।
उपचारको क्रममा उनको मृत्यु भएको डिआइजी धौवजीले जानकारी दिए।