काठमाडौंमा जुवातास खेलिरहेका १४ जना पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका-३ सामाखुसी रानिबारीमा बस्ने ५८ वर्षीय डम्बर लामाले संचालन गरेको खुसी किचेन रेष्टुरेन्टमा जुवातास खेलिरहेका १४ जना पक्राउ परेका हुन्।
उनीहरूलाई प्रहरी वृत्त महाराजगंजबाट खटिएको टोलीले शनिबार साँझ पक्राउ गरेको हो।
रेस्टुरेन्ट सञ्चालक लामापनि पक्राउ परेका छन्। उनीहरूको साथबाट ६२ हजार ८ सय रूपैयाँ नगद र ३ बुक तास बरामद गरेको प्रहरीले जनाएको छ।
उनीहरूलाई पक्राउ गरेर प्रहरीले यस घटनामा थप अनुसन्धान गरिरहेको छ।