मकवानपुरमा किशोरी बलात्कार आरोपमा बालगृहका फिल्ड कोअर्डिनेटर पक्राउ परेका छन्।
कैलाश गाउँपालिका-३ स्थित बालगृहभित्रै किशोरीलाई बलात्कार गरेको आरोपमा सोही गृहका फिल्ड कोअर्डिनेटर पक्राउ परेका हुन्।
सांग्रिला डेभलपमेन्ट एसोसिएसनले सञ्चालन गरेको बालगृहमा फिल्ड कोअर्डिनेटर ४८ वर्षीय मधुसुदन राउत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए।
उनका अनुसार राउतलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरेर मकवानपुर लगिएको थियो।
उनीविरूद्ध बालगृहभित्रै जेठ महिनादेखि पटकपटक बलात्कार गरेको भनेर १७ वर्षीया किशोरीले असार ८ गते जाेहेरी दिएकी थिइन्।
राउतलाई म्याद थप्न आइतबार जिल्ला अदालत लगिएको छ।