सुर्खेत प्रहरीले नौं ग्राम बढी लागु औषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।
जाजरकोट जुनिचादे गाउँपालिका–२ मा घर भई हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ चनौटे बस्दै आएका २४ वर्षीय युवराज शाहीलाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई कर्णाली प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालयको टोलीले शनिबार राति पक्राउ गरेको डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए।
उनीबाट प्रहरीले ९ ग्राम ३५० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ।
उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।