अछाममा खोलाले बगाउँदा एक जना व्यक्तिको मृत्यु भएको छ।
मृत्यु हुनेमा कमलबजार नगरपालिका – ३ बयलाका ५० वर्षीय कर्णबहादुर कडायत छन्। आइतबार बेलुकीपख मुजे बजुडा खोला तर्ने क्रममा बगेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार उनी घरबाट खेतबारी निरीक्षण गर्न भनेर गएका थिए।
बगेको ठाउँभन्दा पाँच सय मिटर दक्षिणमा उनको शव खोलाको बीच भागमा फेला परेको प्रहरीले जानकारी दिएको छ।