काठमाडौंको सुन्दरीजलको खोलामा डुबेर एक जना महिलाको मृत्यु भएको छ।
आइतबार राति गोकर्णेश्वर नगरपालिका-१ स्थित सुन्दरीमाई मन्दिरस्थित खोलामा ३५ वर्षीया सन्ध्या धामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दले जानकारी दिए।
बोलबम गएकी उनी ढुंगामा चिप्लेर खोलामा खसेकी थिइन्। चितवन घर भई कपन बस्दै आएकी उनी डुबेपछि अशक्त भएकी थिइन्।
उपचारका लागि उनलाई नेपाल मेडिकल कलेज अत्तरखेलमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको बताएको छ।