जिल्ला प्रशासन कार्यालय रसुवाले गोसाइँकुण्ड क्षेत्रमा रहेका २६ वटा होटललाई जरिवाना गरेको छ।
जनैपूर्णिमामा गोसाइँकुण्डमा मेला लाग्ने गरेको छ। त्यसक्रममा भ्रमणका लागि पुग्ने पर्यटकहरूले बारम्बार गुनासो गरेपछि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमनका लागि खटिएको थियो।
होटल तथा थर्पुको अनुमगन गर्दा २६ वटा होटलमा कैफियत देखिएपछि प्रशासन कार्यालयले जरिवाना तोकेको हो।
जरिवाना गरी कुल ३ लाख ८० हजार रुपैयाँ संकलन भएको छ।
प्रशासन कार्यालयको टोलीले ६४ वटा थर्पुको स्थलगत अनुगमन समेत गरेको हो। थर्पु हिमाली क्षेत्रमा पाल टाँगेर व्यवसायिक प्रयोजनका लागि बनाइने ठाउँ हो।
थर्पु सञ्चालन गर्दा अनिवार्य रूपमा अस्थायी शौचालय निर्माण गर्न, फोहोर व्यवस्थापनको लागि अनिवार्य डस्टबिनको व्यवस्गा गर्न, सेवाग्राहीसँग मूल्यसूचीमा तोकिएको बमोजिमको मूल्यमात्रै लिन र मर्यादित व्यवहार गर्न पनि प्रशासनले निर्देशन दिएको छ।