३१ औं विश्व आदिवासी दिवसको पूर्वसन्ध्यामा काठमाडौंको वसन्तपुरमा र्याली निकालिएको छ।
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)को नेतृत्वमा ३१औं विश्व आदिवासी दिवसको अवसरमा बिहीबार र्याली गरिएको हो।
महासंघले बसन्तपुरबाट हनुमानढोकामा र्याली गरेको थियो।
र्यालीमा आदिवासी जनजातिहरूले आफ्नो संस्कृति झल्किने पहिरन उपस्थित भएका थिए।
विश्व आदिवासी दिवस अगस्ट ९ मा मनाइन्छ।
नेफिनले यसलाई सप्ताहव्यापी मनाउने घोषणा यसअघि नै गरेको थियो।
आइतबार नेफिनले पत्रकार सम्मेलनको आयोजना गर्दै साउन २४ गतेदेखि साउन २८ गतेसम्म कार्यक्रम आयोजना हुने जानकारी दिएको हो।
विश्वका आदिवासीहरूले विगत ३१ वर्ष देखि मनाउँदै आइरहेको अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस नेपालका आदिवासी जनजातिहरूले पनि विशेष उत्सवका रूपमा मनाउँदै आएका छन्।
तस्बिरहरूः
-ink-1754559190.jpeg)
-ink-1754559192.jpeg)
-ink-1754559191.jpeg)
-ink-1754559188.jpeg)
-ink-1754559192.jpeg)
-ink-1754559187.jpeg)
-ink-1754559186.jpeg)
-ink-1754559186.jpeg)
-ink-1754559187.jpeg)
-ink-1754559186.jpeg)
-ink-1754559188.jpeg)
-ink-1754559188.jpeg)
-ink-1754559189.jpeg)
-ink-1754559188.jpeg)
-ink-1754559189.jpeg)
-ink-1754559191.jpeg)
-ink-1754559192.jpeg)
-ink-1754559192.jpeg)