बडीमालिका दर्शन गरी फर्कने क्रममा बाटोमा चिप्लिएर भिरबाट लडेका अर्का व्यक्तिको शव पनि निकालिएको छ।
शुक्रबार बाजुराको त्रिवेणी नगरपालिका- ९ बिस्नापानी भीरमा बडीमालिका मन्दिर दर्शनपछि फर्कँदै गर्दा दिउँसो साढे ४ बजे भीरबाट लडेर एक वृद्धको मृत्यु भएको थियो।
मृत्यु हुने व्यक्ति बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका -४ का ७५ वर्षीय डिल्लीराज घोरासैनी रहेको सशस्त्र प्रहरीका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उनको शव शनिबार बिहान पौने १० बजे खोँचबाट निकालिएको डिएसपी थापाले जानकारी दिए।
शव निकाल्नका लागि सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बाजुराबाट गएको सुरक्षाफौज , नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली खटिएको थियो।
सोही ठाउँमा खसेर काठमाडौंका विप्लव ओझाको पनि मृत्यु भएको थियो।
उनी पूर्वशिक्षा मन्त्री देवीप्रसाद ओझाका छोरा हुन्।
उनी बिहीबार बेलुकी ८ बजे भीरबाट खसेका थिए। उनको शव शुक्रबार साँझ निकालिएको थियो।
यो पनिः एक दिनपछि खोँचबाट निकालियो बडीमालिकाबाट फर्कँदा लडेका व्यक्तिको शव