कैलाली कारागार कार्यालयमा कैदीबन्दीको मृत्यु भएको घटनापछि प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल गृह मन्त्रालय तानिएका छन्।
बुधबार मन्त्रालयले सिडिओ हमाललाई गृह मन्त्रालय तानेर कृष्णप्रसाद लम्साललाई पठाइएको छ।
लम्साल हाल दाङमा सिडिओ छन्। उनलाई दाङबाट त्यहाँ पठाइएको हो।
दाङमा भने अहिले कसैलाई खटाइएको छैन।
साउन २३ गते राति कैलाली कारागारमा दुई वटा ब्लकमा बसेका कैदीबन्दीहरूबीच झडप भएको थियो।
झडप हुँदा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय कैदीबन्दी भरत चौधरीको मृत्यु भएको थियो।
उक्त घटनामा ४७ जना घाइते समेत भएका थिए।