मलेसियामा जारी आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनल खेलमा नेपाल थाइल्यान्डविरूद्ध बलिङ गरिरहेको छ।
कलालाम्पुरको रहेको बायुमास ओभलमा टस जितेर नेपालले फिल्डिङ रोजेको हो।
थाइल्यान्डको तर्फबाट नन्नापट खोन्चरोन्कइ र नात्थकन चन्थम ब्याटिङमा छन्। ओपनर सुवानन खियटो २ रन बनाएर आउट भइसकेकी छन्।
नेपालकी कविता कुँवर, कविता जोशी र इन्दु बर्माले बलिङ गरिरहेका छन्। कुँवरले एक विकेट लिएकी छन्।
खेलको ६ ओभर सकिँदा थाइल्यान्डले १ विकेट गुमाएर १५ रन बनाएको छ।
यो खेलमा जित हात पार्न सके नेपाल महिला टी-२० विश्वकप छनोटमा पुग्नेछ। प्रतियोगिताबाट दुई टिम विश्व छनोटमा पुग्ने प्रावधान छ।
नेपालले विश्वकप छनोटमा स्थान पक्का गरे १० टिमसँग प्रतिस्पर्धा गर्नेछ।
१० टिम मध्ये २ टिमले सन् २०२४ मा बंगलादेशमा हुने महिला टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन्।