एसिया कप २०२३ अन्तर्गत सुपर फोरको खेलमा श्रीलंकाले बंगालदेशलाई २१ रनले पराजित गरेको छ। शनिबार कोलम्बोमा भएको खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले ९ विकेटको क्षतिमा २५७ रन जोड्यो। उसका लागि समाविक्रमाले ९३ रन जोडे भने कुशल मेन्डिसले ५० रनको योगदान गरे। बलिङमा बंगलादेशका टक्सिन अहमद र हसन मुहमदले ३-३ विकेट लिए। २५८ रनको लक्ष्य पछ्याएको बंगलादेश ४८.१ ओभरमा २३६ रनमा अलआउट भयो। उसका लागि तोहिद हृदयले ८२ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। बलिङमा श्रीलंकाका महीश तिक्षणा, डसुन शनका र महीशा पाथिरानाले ३-३ विकेट लिए। सुपर फोरमा आज भारत र पाकिस्तान भिड्दैछन्।