एसिया कप २०२३ अन्तर्गत भारत र पाकिस्तानबीचको सुपर फोरको खेल वर्षाले प्रभावित भएको छ। जसका कारण खेल भोलि रिजर्भ डे सम्मका लागि स्थगित गरिएको छ।
श्रीलंकाको कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २४.१ ओभरमा २ विकेटको क्षतिमा १४७ रन जोड्दा खेल स्थगित गरिएको हो।
भारतका लागि केएल राहुल १७ रन र विराट कोहली ८ रन बनाएर खेलिरहेका छन्।
त्यसअघि ओपनरद्वय रोहित शर्मा ५६ रन र शुभमन गिल ५८ रन बनाएर आउट भए।
उनीहरुबीच पहिलो विकेटका लागि १२१ रनको साझेदारी भएको थियो।