अस्ट्रेलियाविरूद्धको पाँचको टी-२० सिरिजमा भारतले लगातार दोस्रो खेलमा जित निकालेको छ।
आइतबार भएको दोस्रो खेलमा भारत ४४ रनले विजयी भयो।
घरेलु टिम भारतले दिएको २३६ रनको विशाल लक्ष्य पछ्याएको अस्ट्रेलियाले ९ विकेटको क्षतिमा १९१ रन मात्र जोड्न सक्यो।
अस्ट्रेलियाका लागि कप्तान म्याथ्यु वेडले नटआउट ४२ रन र मार्कस स्टोइनिसले ४५ रन बनाए।
बलिङमा भारतका प्रसिद्ध कृष्णा र रवी विश्नोइले ३-३ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतिमा २३५ रन जोड्यो। भारतका लागि यशस्वी जैसवालले ५३ रन, रुतुराज गायकवाडले ५८ र इशान किसनले ५२ रन जोड्दा रिंकु सिंहले ९ बलमा नटआउट ३१ रन जोडे।