बंगलादेश क्रिकेट टिमका कप्तान शकिब अल हसनले सत्तारुढ अवामी लिगबाट संसदीय निर्वाचनमा उम्मेदवारी दिने भएका छन्।
बंगलादेशको १२ औं संसदीय निर्वाचनमा लड्न लागेका उनले गृह जिल्ला मगुरा–१ बाट उम्मेदवारी दिनेछन्।
शकिब श्रीलंकाविरुद्धको विश्वकप खेलमा औंलामा लागेको चोटबाट मुक्त भइसकेका छैनन्। उनी कहिले मैदानमा फर्कनेछन् भन्ने अझै स्पष्ट भइसकेको छैन।
शकिबले विश्वकपअघि एकदिवसीय कप्तान नहुने बताएका थिए। तर उनी टी-२० मा भने कप्तान नै हुनेछन्।
उनले आफ्नो पहिलो राजनीतिक अभियानका लागि क्रिकेट खेल्न न्यूजिल्याण्डको यात्रा गर्छन् वा गर्दैनन् स्पष्ट छैनन।
अघिल्लो चुनावमा सांसद बनेका बंगलादेशका पूर्व कप्तान मशर्फी मोर्तजापछि शकिब पनि चुनावी मैदाना होमिन लागेका हुन्।
बंगलादेशमा क्रिकेट र राजनीति जोडिदै आएको छ। शकिब र मशर्फीसँगै बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हसन २००९ देखि सांसद छन्। उनले फेरि एक पटक आफ्नो किशोरगञ्ज निर्वाचन क्षेत्रबाट उम्मेदवारी प्राप्त गरेका छन्। बोर्डका निर्देशक शफिउल आलम चौधरीले पनि मौलवीबजार सिटमा उम्मेदवारी दिनेछन्।