प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटअन्तर्गत बागमती छनोटमा काठमाडौं अपराजित रहदै फाइनलमा पुगेको छ।
आइतबार चितवनलाई १०६ रनले पराजित गर्दै काठमाडौं अपराजित रहेको हो।
पहिले ब्याटिङ गरेको काठमाडौंले ३ विकेटको क्षतिमा १४४ रन जोड्यो। काठमाडौंका लागि अस्मिता खरेलले सर्वाधिक ३७ रन जोडिन्।
१४५ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ६ विकेटको क्षतिम ३८ रन मात्र जोड्न सक्यो।
चितवनलाई सस्तैमा रोक्न काठमाडौंकी विपिशा शाहीले २ विकेट लिँदा ४ ओभरमा ६ रन मात्र खर्चिइन्। कप्तान अस्मिना कर्माचार्य र प्रकृति पोखरेलले १-१ विकेट लिए।
यसअघि काठमाडौंले भक्तपुर र ललितपुरलाई पराजित गरेको थियो।
चितवनको गौतम बुद्ध क्रिकेट मैदानमा अपराजित रहदै फाइनलमा पुगेको काठमाडौंका म्यानेजर मनिष ढुंगेलले उपाधि लक्ष्य रहेको बताए।