नेपाल ‘ए’ क्रिकेट टिमले क्यानडा-११ लाई २१७ रनको लक्ष्य दिएको छ। मुलपानी मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर ८ विकेटको क्षतिमा २१६ रन जोड्यो।
नेपालका लागि बसिर अहमदले नटआउट ५० रन जोडे। उनले ५५ बलमा ३ चौका र १ छक्का प्रहार गरे।
यस्तै रशिद खानले ४० रन, किरण ठगुन्नाले २५ रन, विवेक यादवले २३ रन, ओपनर मयन यादवले ३६ रन र सन्दीप जोराले १४ रन जोडे।
बलिङमा क्यानडाका साद बिन जफरले ३ विकेट लिए भने इश्वर सोधीले २ विकेट हात पारे।
नेपाली क्रिकेटको इतिहासमा राष्ट्रिय टिमको ब्याकपअको रुपमा रहेको ‘ए’ टिमले पहिलो पटक खेल खेलेको हो।