मधेस प्रदेशले मनमोहन मेमोरियल (एमएम) यू-१६ राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको छ। आज पोखरा रंगशालामा भएको
फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै मधेस च्याम्पियन बनेको हो।
मनमोहन मेमोरियल क्रिकेट सेन्टरले आयोजना गरेको प्रतियोगितामा मधेसले दोस्रो पटक उपाधि जितेको हो।
उपाधि जित्ने क्रममा मधेसले सुदूरपश्चिमले दिएको ८७ रनको लक्ष्य २०.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो।
मधेसका लागि प्रियांसु कर्णले १३ रन, मोहमदअरमानले २० रन र परिमार्जन यादवले नटआउट ३० रन बनाए। बलिङ सुदुरपश्चिमका लागि डम्बर माझीले २ विकेट लिए।
त्यसअघिटस जितेर व्याटिङ गरेको सुदुर २०.२ ओभरमा ८६ रनमा अलआउट भयो। उसका लागि सचिन साउदले १४ रन, विशाल विष्टले २४ रन र निराजन गौतमले १८ रन बनाए।
बलिङमा मधेसका धिरेन्द्र पासवानले ४ विकेट लिँदा रोहन यादवले ३ विकेट लिए।
उपाधिसँगै १ लाख रुपेयाँ प्राप्त सुदुरले नगद ५० हजारका चित्त बुझायो।
प्रतियोगितामा मधेश प्रदेशका चन्दन राम प्लेयर अफ दि सिरिज घोषित हुँदा सुदुरपश्चिमका डम्बर माझी उत्कृष्ट बलर र मधेसका राहुल हक अन्सारी उत्कृष्ट ब्याटर भए।