क्यानडा-११ विरुद्धको एकदिवसीय शृङ्खलाको दोस्रो खेलमा नेपालको 'ए' क्रिकेट टिमले जितका लागि २४१ रनको लक्ष्य पाएको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडा-११ ले ४९.५ ओभरमा २४० रनमा अलआउट भयो।
क्यानडाका लागि श्रेयास मोम्भाले सर्वाधिक ६८ रनको योगदान दिए। उनले ८२ बल खेल्न क्रममा पाँच चौका प्रहार गरे।
त्यस्तै नवनित दलिवालले ४६, श्रीमन्था विजयरत्नेले ४१ र आरोन जोनसनले ३६ रनको योगदान दिए। डिलोन हेलिगरले १६ रन बनाए ।
बलिङतर्फ नेपालका साहब आलमले तीन विकेट लिए भने शेर मल्ल र रासिद खानले समान दुई-दुई विकेट लिए । त्यसैगरी सागर ढकाल र बसिर अहमदले समान एक-एक विकेट हात पारे।