आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेसँगै ब्याटिङ गरिरहेको नेपालले तीन विकेट गुमाइसकेको छ।
नेपालले सातौं ओभरमा दुई विकेट गुमायो। ओपनर कुशल भुर्तेल ६.२ ओभरमा १८ रनमा एलबिडब्लू आउट भए। दुई बलपछि अनिल साह शून्यमा क्याच भए। दुवैको विकेट नामिबियाका बर्नाल्ड स्कोल्जले लिए।
अर्को ओभरमा देव खनाल शून्यमा क्याच भए। नेपालले पहिलो गुमाउदा ३८ रन जोडेको थियो। थप पाँच रन जोड्दा नेपालले थप दुई विकेट गुमायो। जससँगै नेपालले ८ ओभरमा ४३ रन जोड्दा ३ विकेट गुमायो।
यसअघि पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो।
नेपालले फागुन १३ गते पुन: नेदरल्यान्डसँग खेलेपछि सिरिज सकिनेछ।