क्यानडा-११ विरूद्ध को तेस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ ले १८२ रनको लक्ष्य दिएको छ।
मुलपानी मैदानमा टस जितेको क्यानडाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४७ ओभरमा १८१ रनमा अलआउट भयो।
नेपालका लागि ओपनरद्वय आशुतोष घिरैयाले २८ रन र अर्जुन कुमालले २७ रन जोडे।
शेर मल्ल शून्यमा आउट हुँदा कप्तान सन्दीप जोराले २४ रन बनाए।
सुजन थपलिया २० रन, रशिद खान १९ रन तथा रनआउटको सिकार भएका बसिर अमहदले २५ रन जोडे। प्रतिश जिसीले १९ रन जोडे भने हमेन्त धामीले ६ रन, शाहब अलाम ० र सागर ढकालले १ रन मात्र बनाउन सके।
बलिङमा क्यानडाका निकोलास किर्टन, डिलोन हेलिङगर र हर्ष थकेरले २-२ विकेट लिए।
यसअघि पहिलो खेलमा क्यानडा र दोस्रो खेल नेपालले जितेका कारण आजको खेल जित्ने टिमले सिरिज उपाधि हात पार्नेछ।