आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ।
नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो।
खेलमा नेपालले पहिलो विकेट गुमाएको छ। नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेख १७ रन बनाएर आउट भएका छन्। उनी भिभियन किंग्माको बलमा डि लीडबाट क्याच भएका छन्। आउट हुनुअघि उनले २७ बलमा २ चौका र १ छक्का प्रहार गरे।
त्यतिबेला नेपालले ८.३ ओभरमा ४२ रन जोडेको थियो।
खेलमा नेपालले दुई परिवर्तन गरेको छ। नेपाली टिममा आरिफ शेख र गुल्सन झा खेल्दैछन्। देव खनाल र सोमपाल कामी बाहिरिएका छन्।
आजको खेल जारी सिरिजको अन्तिम खेल हो।
पहिलो सिरिजको तीन खेल खेलिसक्दा नेपालले १ जित र दुई हार ब्यहोरेको छ। नेपाल नामिबियासँग भएको दुबै खेलमा पराजित भएको थियो भने नेदरल्याण्ड्सविरूद्ध भने ९ विकेटको सानदार जित निकालेको थियो।
नेपालविरूद्ध २ र नेदरल्याण्ड्सविरूद्ध एक खेलमा जित निकालेको नामिबिया ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। एक जित निकालेको नेपाल र नेदरल्याण्ड्स २/२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन्।