नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टी-२० सिरिज आजदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु भएको छ।
आज नेपाल र नामिबियाबीचको खेलमा नामिबियाले टस जितेर ब्याटिङ गरिरहेको छ।
नेपालले नामिबियाको दुई विकेट लिएको छ। पावरप्लेको अन्तिम बलमा करण केसीले नामिबियाका ओपनर भान लिङगेनलाई २० रनमा गुल्सन झाबाट क्याच गराए।
नवौं ओभरको दोस्रो बलमा कप्तान रोहित पौडेलले जेपी कोट्जेलाई विवेक यादवबाट क्याच गराए। ११ रन बनाएर खेलिरहेका कोट्जेको प्रहारलाई विवेकले बाउन्ड्री नजिक उत्कृष्ट क्याच गरेका थिए। नामिबियाले दोस्रो विकेट गुमाउँदा ४९ रन जोडेको थियो।
नेपाली टिम
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, अभिनास बोहरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, विवेक यादव, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी।
आइसिसी क्रिकेट विश्वकप लिग-२ को सिरिजपछि तीन देशबीच टी-२० सिरिज भएको हो।
आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकपको तयारीका लागि तीन देशले टी-२० सिरिज खेलेका हुन्।