नेपाली राष्ट्रिय क्रिकेट टिमले अस्ट्रेलियामा हुने टप इन्ड टी-२० सिरिजमा ६ टोलीसँग खेल्ने भएको छ।
नर्थन टेरेटोरी स्ट्राइक्ससहित बंगलादेश ‘ए’, पाकिस्तान शाहीन्ससहित बिग ब्यास टोलीहरु मेलवर्न स्टार्स, होबर्ट हरिकेन्स र मेलवर्न रेनेगेड्ससँग खेल्ने भएको हो।
अस्ट्रेलियाको डार्बिनमा हुने सिरिजमा नेपालले १५ अगस्टमा नर्थन टेरेटोरी, १६ अगस्टमा बंगलादेश, १८ अगस्टमा मेवलर्न स्टार्स, १९ अगस्टमा होबर्ट हरिकेन्स, २० अगस्टमा मेलवर्न रेनेगेड्स र २२ अगस्टमा पाकिस्तानसँग खेल्नेछ।
आइसिसी टी-२० विश्वकप एसिया छनोटको तयारीका लागि नेपालले अस्ट्रेलियामा क्रिकेट प्रतियोगिता खेल्न लागेको हो।
टी-२० विश्वकप लगातार दोस्रोपटक खेल्ने लक्ष्य लिएको नेपालले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग तीन खेलको टी-२० सिरिज खेल्ने तयारी छ।
वेस्ट इन्डिजसँग खेलेपछि नेपाल विश्वकप छनोट खेल्न ओमान जानेछ। ओमानमा ९ टोलीबीच प्रतिस्पर्धा हुनेछ भने शीर्ष ३ टिम आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा छनोट हुनेछ।
अस्ट्रेलियामा हुने सिरिजको पूरा खेल तालिका
