विभागीय टोली नेपाल आर्मी र सशस्त्र प्रहरीको एपिएफ क्लब १६औं महिला फुटबल राष्ट्रिय लिगमा विजयी भएका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको पहिलो खेलमा आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ४-१ गोल अन्तरले हराएको छ।
आर्मीको जितमा कप्तान करिश्मा खत्री र अञ्जली वाइवाले गोल गरेका थिए।
खेलको २०औं मिनेटम अन्जलीले फ्रि किकमा सुन्दर गोल गर्दै आर्मीलाई अग्रता दिलाएकी थिइन्। त्यसपछि नेपाल पुलिसकी घिमकुमारी गुरूङले सोही ढंगले गोल गर्दै खेललाई बराबरीमा ल्याइन्।
पहिलो हाफ १-१ को बराबरी खेलको आर्मीले दोस्रो हाफ नियन्त्रणमा लियो। आर्मीले दोस्रो हाफमा थप ३ गोल गर्दै जित निश्चित गर्यो।
यस्तै आजै भएको दोस्रो खेलमा साबित्रा भण्डारीले डलब ह्याट्रिक प्रेरित एपिएफले सुदूरपश्चिमलाई ९-० गोल अन्तरले हरायो। एपएफका लागि रेखा पौडेल र अनिता बस्नेतले थप गोल गरे।