ललित स्मारक एन्फा यू–१८ युथ लिग २०२४ को तयारी पूरा भएको छ।
लिग संयोजक दीपक खतिवडाले लिगको तयारीब पूरा भएको बताए।
१२ क्लब (एपीएफ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, एफसी खुमलटार, जावलाखेल युथ क्लब, मच्छिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब, न्यूरोड टिम, संकट क्लब, सातदोबाटो युवा क्लब, थ्रीस्टार क्लब र त्रिभुवन आर्मी फुटबल क्लब) प्रतियोगितामा भाग लिनेछन्।
प्रतियोगिताको तयारीबापत सहभागी क्लबले पनि ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
लिगका खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछन्। सहभागी १२ क्लबले डबल राउण्ड रोबिन ढाँचामा एकअर्कासँग खेल्नेछन्।
लिगको च्याम्पियनले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ पाउनेछन्। उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले पनि जनही १५ हजार रुपैयाँ पाउनेछन् ।
सबै खेलहरू एन्फाको युट्युब र फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिनेछ।