नेपाल ओलम्पिक कमिटीले सबै नेपालका सबै ओलम्पियन, ओलम्पिक तयारी कार्यक्रममा सहभागी खेलाडी र प्रशिक्षकको कोरोना भाइरसको बीमा गर्ने भएको छ।
यस्तै कमिटीका पदाधिकारी, विभिन्न समितिका सदस्य र कर्मचारीको पनि बीमा गरिने कमिटीले जनाएको छ।
शनिबार भएको जुम बैठकले ओलम्पियन, पदाधिकारी र कर्मचारीको बीमा गर्ने निर्णय गरेको हो।
यता कमिटीका अनुसार महासचिव निलेन्द्रराज श्रेष्ठ कोरोनामुक्त भएका छन्। श्रेष्ठलाई दुई साताअघि कोरोना संक्रमण भएको थियो।
त्यस्तै कमिटीका चार जना कर्मचारी पनि कोरोनामुक्त भएका छन्। गत महिनाको अन्तिम साता कमिटीका कर्मचारीमा कोरोना संक्रमण भएको थियो।
त्यसअघि नै कमिटीको कार्यालय बन्दै गर्दै घरबाटै काम गर्न थालिएको थियो।
कमिटीले ओलम्पियन जीतबहादुर केसीलाई कोरोना लागेकोमा शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
कमिटीका मेडिकल कमिसनका प्रमुख डा सरोजकृष्ण श्रेष्डलाई नयाँ सुरक्षा प्रोटोकट निर्माणको जिम्मेवारी दिएको छ। सो प्रोटोकल कमिटीको कार्यालय खोलिएपछि लागू गरिनेछ।