चितवन राइनोजले ‘चितवन राइनोज ट्यालेन्ट हन्ट २०२५’ मार्फत् आइकोनिक खेलाडी चयन गरेको छ।
हेटौँडा, टाँडी र भरतपुरमा सुरूमा ट्यालेन्ट हन्ट भएको थियो। अन्तिम छनोट गौतम बुद्ध रंगशालास्थित नमूना क्रिकेट मैदानमा गरिएको थियो।
जसमार्फत् सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ का लागि सौगत ढकाल आइकोनियक खेलाडी बनेका छन्। उनी दायाँ हाते लेग स्पिनर हुन्।
यस्तै सक्रिय कार्की (राइट–आर्म फास्ट बलर) र नरेश प्रधान (लेफ्ट–आर्म फास्ट बलर) डेभलपमेन्ट स्क्वाडका लागि छनोट भएका छन्।
चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले ट्यालेन्ट हन्टको विषयमा भने, ‘ट्यालेन्ट हन्ट कार्यक्रमले फेरि प्रमाणित गरेको छ कि नेपालमा क्रिकेट खेलप्रति असाधारण क्षमता र रुचि छ। हामी यस्ता खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेल्ने अवसर दिलाउने लक्ष्यका साथ अघि बढिरहेका छौँ।’
चितवनको मार्की खेलाडीमा कुशल मल्ल छन् भने विदेशी खेलाडीमा सोहेल तन्विर, रवी बोपारा, साइफ जइब, डविड मलान र अल्पेश रामजनी रहेका छन्।