सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १२१ रनको लक्ष्य दिएको छ।
त्रिवि मैदान कीर्तिपुरमा शनिबारको दोस्रो खेलमा पहिले ब्याटिङ गरेको चितवनले ६ विकेट गुमाएर १२० रनको योगफल तयार पारेको हो।
चितवनका लागि देव खनालले बनाएको ३५ रन सर्वाधिक बन्यो। उनले ४१ बलमा १ चौका र १ छक्का प्रहार गरे।
त्यस्तै कप्तान कुशल मल्लले २३ बलमा २३ रन बनाए।
अल्पेस रमजानी ३२ बलमा १ चौका र २ छक्का प्रहार गरी ३३ रन बनाएर नट आउट रहे। सेफ जैबले १७ रनको योगदान गरे।
बलिङतर्फ पोखराका धनन्जय लक्ष्यनले ३ विकेट लिए। विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले एक/एक विकेट लिए।
दुई टोलीले प्रतियोगिताको अन्तिम खेल खेलिरहेका छन्। उनीहरु यसअघि नै प्लेअफबाट बाहिरिसकेका छन्।