सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सविरूद्ध चितवन राइनोजले टस जितेको छ।
टस जितेको चितवनले पहिले ब्याटिङ गर्ने भएको छ।
दुवै टोली यसअघि नै लिग चरणबाटै बाहिसकेका छन्। त्यसैले आजको खेल औपचारिकतामै सीमित हुनेछ।
दुवै टोलीले फ्यानका लागि आजको खेल खेल्नेछन्।
अन्तिम खेलअघि चितवन र पोखरा दुवैले दुई दुई खेलमा जित निकालेका छन् भने चार चार खेलमा पराजय भोगेका छन्।
आजको खेलमा जित निकाल्ने टोलीले पाँचौ स्थान पक्का गर्नेछ। पोखराबाट आज अर्जुन कुमाल, कृष्ण पौडेल र रोहित चन्दले पहिलो पटक खेल्दैछन्। चितवनले आज गौतम केसी र अल्पेश रामजनीलाई मौका दिएको छ।
पोखरा एभेन्जर्स
कुशल भुर्तेल (कप्तान), किरण ठगुन्ना, अर्जुन कुमाल, विपिन खत्री, त्रृतराज दास, कृष्ण पौडेल, रोहित चन्द,एडम रोसिङटन, जेसन रोय, ऋषि धवन, धनञ्जय लक्षन।
चितवन राइनोज
कुशल मल्ल (कप्तान), रिजन ढकाल, रञ्जित कुमार, अर्जुन साउद, गौतम केसी, कमलसिंह ऐरी, डेभिड मलान, रवी बोपारा, सइफ जइब, अल्पेश रामजनी।
यसअघि शीर्ष चार टोलीको खेल भने सकिएका छन्। सुदुरपश्चिम रोयल्सले ७ मध्ये ६ खेल जितेर शीर्ष बन्दा दोस्रो स्थानको विराटनगर किंग्स र तेस्रो स्थानको काठमान्डु गोर्खाजले ५-५ जितसहित १०-१० अंक बटुले। लुम्बिनी लायन्स ८ अंकसहित चौथो भयो।
अब सुदुरपश्चिम र विराटनगरबीच मंगलबरा पहिलो क्वालिफायर हुनेछ। काठमान्डु र लुम्बिनी इलिमिनेटरमा भिड्नेछन्।

8