कप्तान लिओनल मेसीको दोस्रो गोलमा अर्जेन्टिनाले पुन खेलमा अग्रता लिएको छ।
कतारको दोहास्थित लुसेल स्टेडियममा भएको फाइनलको अतिरिक्त समयमा मेसीले गोल गर्दै अर्जेन्टिनालाई खेलमा ३-२ को अग्रता बनाए।
खेलको १०८ औं मिनेटमा रिवाउन्ड बलमा गोल गर्दै मेसीले खेलमा पुन टोलीलाई अग्रता दिलाए।
निर्धारित ९० मिनेटसम्म २–२ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।
फ्रान्सले उत्कृष्ट पुनरागमन गर्दै खेलको ८०औँ र ८१औँ मिनेटमा गोल गरेसँगै निर्धारित ९० मिनेटसम्म दुवै टिमले बराबरी खेलेका हुन् ।
दुई गोलको अग्रता बनाएको अर्जेनिटनाले अन्तिम १० मिनेट जोगाउन नसक्दा अतिरिक्त समयमा धकेलिएको थियो।