केलियन एम्बाप्पेको ह्याट्रिकमा फ्रान्स फेरि खेलमा फर्किएको छ। अतिरिक्त समयको ११७ औं मिनेटमा ह्याट्रिक पुरा गर्दै फ्रान्स खेलमा फर्किएको हो।
कतारको दोहास्थित लुसेल स्टेडियममा भएको फाइनलको अतिरिक्त समयमा मेसीले गोल गर्दै अर्जेन्टिनालाई खेलमा ३-२ को अग्रता बनाएका थिए।
खेलको १०८ औं मिनेटमा रिवाउन्ड बलमा गोल गर्दै मेसीले खेलमा पुन टोलीलाई अग्रता दिलाए।
निर्धारित ९० मिनेटसम्म २–२ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।
फ्रान्सले उत्कृष्ट पुनरागमन गर्दै खेलको ८०औँ र ८१औँ मिनेटमा गोल गरेसँगै नाटकीय रूपमा खेलमा फर्किएको हो।
दुई गोलको अग्रता बनाएको अर्जेन्टिनाले जोगाउन नसक्दा फ्रान्ससँग बराबरी खेलेको हो। ३० मिनेटको समय थप गरिएको बेलामा पनि दुबै टोलीले एक-एक गोल गरेका थिए।
खेलको ८१औँ मिनेटमा अर्जेन्टिनाका खेलाडीले डिबक्सभित्र फ्रान्सका खेलाडीलाई लडाएपछि पेनाल्टी पाएको थियो। पेनाल्टीबाट केलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २–१ को स्थितिमा पुर्याए।
त्यसको एक मिनेटपछि अर्थात खेलको ८१औँ मिनेटमा एमबाप्पेले दोस्रो गोल गर्दै फ्रान्सलाई २–२ को बराबरी दिलाएका हुन् ।
यसअघि अर्जेन्टिनाले पहिलो हाफसम्म २–० गोलको अग्रता बनाएको थियो। अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सी र डि मारियाले गोल गरेका थिए।
खेलको २३औँ मिनेटमा अर्जेन्टिनाले गोल गर्दै सुरूआती अग्रता बनाएको थियो।
डि मारियालाई फ्रान्सका डेम्बेलेले डिबक्सभित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो।
पेनाल्टीबाट कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए ।
खेलको ३६औँ मिनेटमा डि मारियाले गोल गर्दै अर्जेन्टिनालाई २–० गोलको अग्रता दिलाएका थिए ।