फ्रान्सेली मानवशास्त्री कोर्निल जेष्टले खिचेका तस्बिरहरू पाटन दरबार स्क्वायरभित्र प्रदर्शन भइरहेको छ।
नेपाल भ्रमण क्रममा उनले खिचेका ६०–७० वर्ष पुराना तस्बिरहरू हाल प्रदर्शन भइरहेका हुन्।
‘एन एन्थ्रोपोलोजिस्टस् अर्लि ग्लिम्प्स् अफ नेपाल’ शीर्षकको प्रदर्शनीमा जेष्टले सन् १९६० देखि १९७५ सम्म खिचेका काठमाडौं उपत्यका र डोल्पाका करिब ९० तस्बिरहरू देख्न सकिन्छ।
ती तस्बिरले त्यस समयको चित्रण गर्छन् नै हाल भइरहेको विविध परिवर्तनलाई पनि औंल्याउँछन्।
जेष्टले तिब्बती र लेप्चा संस्कृतिलाई आफ्नो खोज–अनुसन्धानको विषय बनाएका थिए। २०१७ सालमा पहिलोपटक डोल्पा पुगेका उनले ११ महिना त्यहाँका स्थानीयहरूसँग समय बिताए। उनले काठमाडौंको जनसंख्या, संस्कृति र रहनसहनमा पनि चासो देखाएका थिए।
नेपाल क्षेत्रको अध्ययन गर्न २०२२ सालमा उनले समूह नै बनाएका थिए। उनी तस्बिरहरू पनि राम्रो खिच्थे। आफूले संकलन गरेका सामग्रीलाई तस्बिरमार्फत् पनि उनी दस्ताबेज राख्थे। तिनै दस्ताबेजमध्ये करिब ९० तस्बिरहरू अहिले प्रदर्शनीमा राखिएको हो।
तस्बिरहरू: