लोक गायिका सुनिता दुलालले इन्गेजमेन्ट गरेकी छिन्। उनले प्रेमी राजेश केसीसँग बिहीबार इन्गेजमेन्ट गरेकी हुन्।
सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै उनले यसबारे जानकारी दिएकी छिन्। उनले लेखेकी छन्,'जीवनको नयाँ अध्याय। एकअर्काको हात समाएर, साथ–साथै अघि बढ्ने प्रतिज्ञा। हामीले सुरु गरेको यो नयाँ यात्रा प्रेम, सम्मान र विश्वासले भरियोस्। हाम्रोसँगैको यो खुसी तपाईंहरूको आशिषमा अझ सुन्दर बनोस्। सुन्दर पलहरू।'
सुनिता र राजेश केही वर्षदेखि प्रेम सम्बन्धमा छन्। रूकुम पश्चिम स्थायी घर भएका राजेश पछिल्लो समय काठमाडौंमा बसोबास गर्दै आएका छन्।
यी दुईजनाबीच शनिबार काठमाडौंस्थित एक रिसोर्टमा विवाह हुँदैछ।