भारतका पूर्व केन्द्रियमन्त्री तथा भारतीय जनता पार्टी (बिजेपी) का नेता वैकैया नायडू उपराष्ट्रपति बन्न पुगेका छन्।
उपराष्ट्रपति पदका लागि शनिवार भएको निर्वाचनमा उनले राष्ट्रपिता महात्मा गान्धीका नाती गोपाल कृष्ण गान्धीलाई २ सय ७२ मतले पराजित गरे। नायडूले ५ सय १६ मत प्राप्त गरे। गोपाल कृष्णले २ सय ४४ मत ल्याए।
नायडू हिन्दुवादी संस्था आरएसएसको पृष्ठभूमिबाट उपराष्ट्रपति बन्ने दोस्रो नेता हुन्। यसअघि भैरोसिंह शेखावत २००२ मा निर्वाचित भएका थिए। उपराष्ट्रपछि निर्वाचनका लागि कूल ७ सय ८५ मतमध्ये ७ सय ७१ भोट खसेको थियो। १४ सदस्यले मतदानमा भाग लिएनन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै मन्त्रिमण्डलमा समावेश रहेका नायडू उपराष्ट्रपति निर्वाचित भएपछि बधाई दिए।